+
+

संसद भवन र मन्त्रालय घेराउ गर्ने सांसद हृदयराम थानीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १२:४६

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरुले संसद भवन घेराउ गर्ने चेतावनी दिए ।

कर्णालीलाई सरकारले विभेद गरेको भन्दै उनले प्रश्न गरे, ‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँंडरहने हो ? समानुपातिक विकास भनेको यही हो ?’

उनले सरकारकै कारण कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु मार्ग बनेको आरोप लगाए । ‘समानुपातिक बजेट दिन्छु भनेको कुरा कर्णालीलाई मृत्यु राजमार्ग वहन गर्न दिएको हो ?’ उनले प्रश्न गर्दै चेतावनी दिए, ‘यही तरिका हो भने कर्णालीका सांसदहरुले संसद घेराउ गर्नुपर्ने छ । मन्त्रालय घेराउ गर्नुपर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?