+
+

रघुजी पन्तको टिप्पणी : मन्त्री एउटा जिल्लाको होइन, देशकै हुन सक्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १५:०८

४ असार, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले मन्त्री र सांसद एउटा निर्वाचन क्षेत्र वा जिल्लाको मात्र नभई सिंगो देशको हुन सक्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफल गर्दै उनले भौतिक पूर्वाधार मन्त्रालयमाथि सांसदहरुले उठाएका प्रश्नबारे संक्षिप्त प्रतिक्रियामात्र दिए ।

मंगलबार भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि धारणा राख्ने क्रममा सांसदहरुले उपप्रधानमन्त्री रघुवीर महासेठले आफ्नो निर्वाचन क्षेत्र रहेको धनुषा, एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखामा धेरै बजेट विनियोजन गरेको आरोप लगाएका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त रोष्ट्रममै बजेट पुस्तिका च्यातेर विरोध जनाएका थिए । त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सिंगो कर्णालीमा भन्दा धनुषा जिल्लामा बढी बजेट परेको भन्दै विरोध जनाएका थिए ।

एमालेका सांसद रघुजी पन्तले आफ्नै दलबाट मन्त्री बनेका महासेठको मन्त्रालयको बजेटबारे धेरै टिप्पणी गर्न चाहेनन् । त्यसबारे संक्षिप्त अघिव्यक्ति दिएका पन्तले भने, ‘मन्त्री एउटा निर्वाचन क्षेत्र र एउटा जिल्लाको मात्र हुँदैन, ऊ सिंगो देशको हुन्छ ।’

विभिन्न लिंग, जाति, समुदाय र क्षेत्रको प्रतिनिधित्व गर्ने र प्रत्यक्ष निर्वाचित सांसदहरु पनि सिंगो देशको हुने भन्दै पन्तले त्यो कुरा उनीहरुले आफ्नो काम र अभिव्यक्तिमा देखाउन सक्नुपर्ने बताए । ‘त्यो यो सिंगो देशलाई बोक्ने ल्याकत देखाउन सकिन्छ कि सकिँदैन त्यो आफूमा भर पर्ने कुरा हो, त्यो तपाईं हाम्रो कामले सांसदको अभिव्यक्तिले र मन्त्रीका कामहरुले ती कुराहरु व्यक्त गर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?