+
+

सेयर बजारमा आयकर त्रास, सबै सूचक घटे

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १५:१५

४ असार, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.७६ अंक (०.८९ प्रतिशत) घटेको छ । सो गिरावटपछि नेप्से २०७६ अंकमा झरेको छ । दिनभर कुल ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

नेप्से परिसूचकका अलवा सबै क्षेत्रगत सूचकहरु घटेका छन् । बैंकिङ १३, विकास बैंक ३६, फाइनान्स २३, होटल तथा पर्यटन ३९, हाइड्रोपावर २२, जीवन बीमा १००, उत्पादन ३४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ८८, अन्य १२ र व्यापार समूह १८ अंक घटे । कुल ४० कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ९ को स्थिर रह्यो ।

समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ७.८, विन नेपाल लघुवित्तको ६.२, दिव्यश्वरी हाइड्रोपावरको ४.८, आत्मनिर्भर लघुवित्तको ३.७ प्रतिशत मूल्य बढ्यो । मनकामना स्मार्ट लघुवित्त तथा कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । बाराही हाइड्रोपावरको ६, भगवती हाइड्रोपावरको ४.७, मेन्छियाम हाइड्रोपावरको ४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा बरुण हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, ग्लोबल आईएमई लघुवित्त र माण्डु हाइड्रोपावर क्रमशः अगाडि रहे । सेयर कारोबारबाट हुने व्यक्तिगत आयलाई आयकरमा समावेश गराउनुपर्ने सुझावको चर्चाले यस दिनको बजारलाई प्रभावित बनाएको छ ।

विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदनमा उल्लेखित सेयर कारोबारबाट हुने व्यक्तिको आम्दानीमा पनि आयकर अशुल्नुपर्ने सुझावले आज बजार प्रभावित बनेको हो ।

हालै सार्वजनिक सो प्रतिवेदनमा व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी उसलाई आयकर ऐनअनुरुप नै कर लगाउनुपर्ने सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?