+

सेन्ट जेभियर्स र दीक्षालयलाई बास्केटबलको उपाधि

२०८१ असार  ४ गते १९:२८ २०८१ असार ४ गते १९:२८
सेन्ट जेभियर्स र दीक्षालयलाई बास्केटबलको उपाधि

४ असार, काठमाडौं । सेन्ट जेभियर्स र दीक्षालय फाउन्डेसन नेपालले ११औं कीर्तिपुर कप अन्तरविद्यालय बासकेटबल प्रतियोगिताको उपाधि जितेका छन् । सेन्ट जेभियर्स ब्वाइज तथा दीक्षालय गर्ल्समा च्याम्पियन बनेका हुन् ।

कीर्तिपुर बास्केटबल संघ, नयाँबजार र युनिक युनाइटेड ग्रुपद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सेन्ट जेभियर्सले ज्ञान निकेतनलाई ६९–४२ ले पराजित गर्‍यो ।

कीर्तिपुरस्थित कभर्ड हलमा भएको गर्ल्सको उपाधि भिडन्तमा दीक्षालयले रिब्सलाई २५–२३ को झिनो अन्तरले हरायो । निर्धारित समयको खेल २१–२१ को बराबरीमा टुंगिएको थियो ।

प्रतियोगिताको ब्वाइजमा सेन्ट जेभियर्सका शुभम् सैंजु र गर्ल्समा दीक्षालयकी दीपशिखा गोले तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

ब्वाइजमा २६ तथा गल्र्समा १५ टिमले प्रतिस्पर्धा गरेको आयोजक मध्येका एक कीर्तिपुर बास्केटबल संघका अध्यक्ष ससिर महर्जनले जनाएका छन् ।

बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय