+

पहिलो जितको खोजीमा क्रोएसिया र अल्वानिया

२०८१ असार  ५ गते १०:१६ २०८१ असार ५ गते १०:१६
पहिलो जितको खोजीमा क्रोएसिया र अल्वानिया

५ असार, काठमाडौं । युरो २०२४ अन्तर्गत समूह बी को खेलमा बुधबार क्रोएसिया र अल्वानिया भिड्दैछन् ।

ह्याम्पवर्गस्थित भोल्कपार्कस्टेडियममा मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । क्रोएसिया र अल्वानियाबीचको खेल नेपाली समय अनुसार बुधबार साँझ ६:४५ बजे सुरु हुनेछ ।

क्रोएसिया पहिलो खेलमै स्पेनसँग ३-० ले पराजित भएको थियो । अल्वानियाले भने साविक विजेता इटलीविरुद्ध सुरुमै अग्रता बनाए पनि जोगाउन नसक्दा २-१ ले पराजित भएको थियो ।

पहिलो खेलमै पराजित भएको क्रोएसियाका लागि नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ ।तर, मिडफिल्डर निकोला भ्लासिक मसल चोटका कारण युरोबाटै बाहिरिएपछि क्रोएसियाका लागि घाटा पुगेको छ ।

२६ वर्षी भ्लासिक अब घर आफ्नै देश फर्किनेछन् ।

ज्लाट्को डालिको क्रोएसिया सन् २०१८ को विश्वकपमा फाइनल र २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । युरोमा भने त्यो स्तरको प्रदर्शन गर्न क्रोएसियालाई चुनौती छ ।

उता पहिलो खेलमा इटलीविरुद्ध खेल सुरु भएको २३ सेकेण्डमै गोल गरेको अल्वानिया सरप्राइज नतिजा निकाल्ने लक्ष्यमा छ ।

दोस्रो पटक युरो खेलिरहेको अल्वानियाले चेक रिपब्लिक र पोल्याण्ड जस्ता टिम रहेको छनोट प्रतियोगितामा शीर्ष स्थानमा सकाएको थियो ।

अल्वानियाका प्रशिक्षक सिल्भिन्होले आफ्नो टिममा युवा खेलाडीहरू रहेको तर युरो खेल्न सहज नहुने पनि बताएका छन् ।

क्रोएसिया र अल्वानिया कुनै पनि प्रतियोगितामा खेल्न लागेको यो पहिलो पटक हो ।

यी दुई टोलीबीच अहिलेसम्म दश खेल हुँदा अल्वानियाले जम्मा १ खेल मात्र जितेको छ । क्रोएसियाले ४ खेल जित्दा ५ खेल बराबरीमा सकिएको थियो ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय