+

लगातार दोस्रो जितको लक्ष्यमा जर्मनी

२०८१ असार  ५ गते १०:२२ २०८१ असार ५ गते १०:२२
लगातार दोस्रो जितको लक्ष्यमा जर्मनी

५ असार, काठमाडौं । घरेलु मैदानमा भइरहेको युरो २०२४ मा जर्मनीले बुधबार हंगेरीसँग आफ्नो दोस्रो खेल खेल्दैछ ।

समूह ए मा रहेको जर्मनी लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।

जर्मनी र हंगेरीबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे स्टुटगार्ड एरेनामा हुनेछ ।

जर्मनीले पहिलो खेलमा स्कटल्याण्डलाई ५-१ ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । त्यही प्रदर्शनलाई निरन्तरता दिने योजनामा आयोजक जर्मनी छ ।

उता पहिलो खेलमा स्वीट्जरल्याण्डसँग २-१ ले पारजित भएको हंगेरी जर्मनीलाई स्तब्ध पार्दै पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले हंगेरीविरुद्ध पनि पहिलो खेलको जस्तै प्रदर्शन गर्ने लक्ष्य हरेको बताएका छन् । उनले आफ्नो टोली तयार रहेको र मैदानमा त्यही अनुसारको प्रदर्शनको अपेक्षा रहेको बताए ।

उता हंगेरीका प्रशिक्षक मार्को रोसीले जर्मनी अहिले कठिन प्रतिस्पर्धी रहेको र हंगेरीभन्दा राम्रो टिम भएको बताएका छन् । रोसीले आफ्नो टिमले उत्कृष्ट प्रदर्शन दिने बताए ।

जर्मनी र हंगेरीबीच मुख्य प्रतियोगितामा खेल हुन लागेको यो चौथो पटक हो । यसअघि यी दुई टोली तीनपटक भिड्दा २० गोल भएको थियो । हरेक खेलमा ६.७ को औसतमा गोल भएको थियो । हरेक खेलमा हंगेरीले पहिले गोल गरेको थियो ।

जर्मनी पाँचौ पटक युरोको सुरुवाती दुवै खेल जित्ने लक्ष्यमा छ । यसअघि जर्मनीले १९७२, १९८०, १९९६ र २०१२ मा युरोको सुरुवाती दुवै खेल जितेको थियो ।

हंगेरीले २०१६ मा अष्ट्रियालाई २-० ले हराएयता युरोमा पछिल्लो ७ खेलमा जित हात पार्न सकेको छैन ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय