+

क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी

२०८१ असार  ५ गते २१:०० २०८१ असार ५ गते २१:००
क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी

५ असार, काठमाडौं । युरो २०२४ अन्तर्गत बुधबार भएको समूह बी को खेलमा क्रोएसिया र अल्वानियाले २-२ को रोमाञ्चक बराबरी खेलेका छन् ।

ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् ।

अल्वानियाले लगातार दोस्रो खेलमा सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । यसअघि इटली विरुद्ध अग्रता लिएर पनि अल्वानिया पराजित भएको थियो ।

दोस्रो खेलमा पनि त्यस्तै अवस्थामा पुगेको अल्वानियाले इन्जुरी टाइमको अन्तिममा गोल गर्दै क्रोएसियासँग बराबरी खेल्दै अंक जोडेको हो ।

बराबरीपछि दुवै टोलीले १-१ अंक जोडेका छन् । यसअघि पहिलो खेलमा अल्वानिया इटलीसँग २-१ ले तथा क्रोएसिया स्पेनसँग ३-० ले पराजित भएका थिए ।

खेलको ११ औं मिनेटमा क्वासिम लासीले गोल गर्दै अल्वानियालाई अग्रता दिलाएका थिए । तर अन्तिम २० मिनेटको खेल रोमाञ्चक बन्दा तीन गोल भयो ।

७४औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले बराबरी गोल फर्काए ।

यस्तै ७६औं मिनेटमा अल्वानियाकै क्लाउस गासुलाल आत्मघाती गोल गर्दा क्रोएसियाले २-१ को अग्रता लिएको थियो ।

तर उनै गासालुले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । भिलेनबाट नायक बन्दै गासालुले अल्वानियालाई हारबाट जोगाए ।

अब अल्वानियाले स्पेन र क्रोएसियाले इटलीसँग खेल्नेछ ।

अल्वानिया क्रोएसिया फुटबल युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय