+
+

सूर्य थापाको असंसदीय शब्द र उखान संसदीय रेकर्डबाट डिलिट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १२:३६

६ असार, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले भालुवाङ प्युठान मोटरबाटोका सम्बन्धमा सरकारको ध्यान नपुगेको भन्न प्रयोग गरेको उखान संसदीय रेकर्डबाट हटेको छ ।

यो बाटोका लागि सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा उचित रकम नदिइएको र बर्षायाममा गर्नुपर्ने पूर्वतयारी लगायतका काम नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।

समस्या आएपछि समाधान गर्नेभन्दा पूर्वतयारी गर्नुपर्ने भन्नका लागि उनले एउटा उखान प्रयोग गरेका थिए ।

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले लैङ्गिक भेदरुपी उखान प्रयोग गरेको भन्दै नियमापत्ति गरिन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले असंसदीय शब्द र लैङ्गिक भेद देखिने शब्द आएको उल्लेख गर्दै त्यसलाई हटाएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?