+

बलिङ राम्रो भयो, फिल्डिङ र ब्याटिङमा कमजोरी भयो : कप्तान पौडेल

२०८१ असार  ६ गते १६:१० २०८१ असार ६ गते १६:१०
बलिङ राम्रो भयो, फिल्डिङ र ब्याटिङमा कमजोरी भयो : कप्तान पौडेल

६ असार, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकपमा नेपालको बलिङ राम्रो भएको तर फिल्डिङ र ब्याटिङमा केही कमजोरी भएको बताए ।

बिहीबार टी-२० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले टिममा आत्मविश्वास भएपनि अमेरिका र वेष्टइन्डिजको मैदानको स्थितिले ब्याटिङमा धेरै राम्रो गर्न नसकेको बताए ।

‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा । तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन’, उनले भने ।

कप्तान रोहितले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘ब्याट्सम्यानलाई च्यालेन्ज थियो, ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौं । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ।’

रोहितकुमार पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय