+
+

विराटनगरमा पाहुना आएका युवककाे हत्या, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १८:०९

६ असार, विराटनगर । विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेकाे हो ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय यादव हत्या आराेपीकाे छिमेकमा पाहुना आएका थिए । बेलुका खानपिनका क्रममा विवाद भएपछि गणेशले चक्कु प्रहार  गरेका थिए ।

सामान्य विवाद र भनाभनको विषयलाई लिएर गणेशले बुधबार राति १० बजेतिर अक्लेशमाथि चक्कु प्रहार गरेकाे उनले बताए ।  दुई जनाबीच विवाद भएपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै गर्दा अक्लेशमाथि चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारबाट बायाँ कोखामा गहिरो चोट लागेर अवस्था गम्भीर बनेका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियाे ।

घटनापछि फरार भएका गणेशलाई भारततिर भाग्न खोज्दै गर्दा  प्रहरीले लौकहीबाट बिहीबार दिउँसो पक्राउ गरेकाे एसपी कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?