+
+

‘दान्भी’लाई उत्साहजनक शो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते २०:५४

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ । बुधबारदेखि मल्टिप्लेक्सले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।

क्युएफएक्सले पहिलो दिनका लागि यो फिल्मलाई काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ । आईएनआई १२, वान सिनेमाज ७, एफक्युब, बिएसआर, बिग मुभीज रन्जनालगायतका मल्टिप्लेक्स हलमा पनि फिल्मले उत्साहजनक शो पाएको छ ।

उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो फिल्म रिलिज हुँदैछ ।

रूपेश तामाङ निर्देशित फिल्ममा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् । फिल्ममा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ ।

फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी छ । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?