+
+

बंगलादेशविरुद्धको खेलमा अष्ट्रेलिया २८ रनले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते ११:००

७ असार, काठमाडौं । आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर एट चरणमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको छ । पानी परेर खेल अबरुद्ध भएपछि डीएलएस मेथडका आधारमा अष्ट्रेलिया विजयी भएको हो ।

यसअघि भएको सुपर एटको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । भारत र अष्ट्रेलियाले समान २–२ अंक जोडेका छन् ।

अष्ट्रेलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन बनाएको थियो । अष्ट्रेलियाले १४१ रनको लक्ष्य पछ्याइरहेका बेला ११.२ ओभरमा पानी परेर खेल प्रभावित भएको थियो । त्यतिबेला अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो ।

वर्षा नरोकिएपछि डकवर्थ एण्ड लुइस (डीएलएस) मेथडको आधारमा अष्ट्रेलियालाई २८ रनले विजयी घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?