
७ असार, काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ४२ हजार ८ सय थियो । जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८४० रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4