+
+

रास्वपाबारे ओलीको टिप्पणी : दुई वर्षको समीक्षा राम्रै छ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १९:००

७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षको समीक्षा राम्रै रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन् । त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गरे ।

उनले भने, ‘शुभकामना छ । रास्वपाको दुई वर्षको समीक्षा राम्रै छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेसँगको सहकार्यमा दोस्रो पटक सत्तारुढ गठबन्धनमा आवद्ध भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?