
७ असार, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ ।
शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ ।
१३ गते उम्मेदवारको मनोनयन र नामावली प्रकाशन तथा १५ गते अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।
असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4