युक्रेनको पुनरागमन जित
![२०८१ असार ७ गते २२:०३](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![युक्रेनको पुनरागमन जित](https://www.onlinekhabar.com/wp-content/uploads/2024/06/ukraine.jpg)
७ असार, काठमाडौं । दोस्रो हाफमा दुई गोल गर्दै युक्रेनले युरो २०२४ मा स्लोभाकियाविरुद्ध २-१ को पुनरागमन जित निकालेको छ । जर्मनीको डुसेलडोर्फमा शुक्रबार साँझ भएको खेलमा इभान स्रान्जले १७औं मिनेटमा गोल गर्दै स्लोभाकियलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा स्लोभाकियाले अग्रता कायम राखेपनि दोस्रो हाफमा त्यसलाई जोऊउन सकेन ।
युक्रेनले दोस्रो हाफमा पुनरागमन गर्दै दुई गोल गर्यो । माइकोला सापारेन्कोले ५४औं मिनेटमा युक्रेनका लागि बराबरी गोल फर्काए । त्यसपछि रोमन यारेमचुकले ८०औं मिनेटमा गोल गर्दै युक्रेनलाई २-१ को जित दिलाए ।
पहिलो खेलमा रोमानियासँग पराजित भएको युक्रेनले पहिलो जित निकाल्दै समूह ई मा दुई खेलबाट ३ अंक जोडेको छ ।
उता पहिलो खेलमा बेल्जियमलाई १-० ले स्तब्ध पारेको स्लोभाकियाको यो पहिलो हार हो ।
प्रतिक्रिया 4