+
+

संसारकै सबैभन्दा छोटो हवाई यात्रा, जम्मा २ मिनेट आकाशमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ८ गते ७:००

हवाई जहाजको यात्रा भन्ने बित्तिकै कम्तिमा आधा घण्टाको त होला नै भन्ने अनुमान हुन्छ । तर, संसारमा एउटा यस्तो हवाई यात्रा पनि छ जुन केवल २ मिनेटमै सकिन्छ।

यो संसारकै सबैभन्दा छोटो व्यवसायिक हवाई उडान हो । स्कटल्याण्डको वेस्ट्रे टापुबाट पापा वेस्ट्रे टापुबीचको उक्त हवाई उडानले विश्वकै सबैभन्दा छोटो व्यवसायिक उडानको विश्व कीर्तिमान कायम गरेको छ । यो यात्रामा हवाई जहाज २ मिनेटभन्दा पनि कम समयसम्म मात्रै आकाशमा रहन्छ।

यति छोटो हवाई यात्रा किन गर्नुपर्‍यो ? अन्य सवारी साधनमा केही मिनेटमै पुगिने दूरी पो छ त, भन्ने लाग्नसक्छ। तर, यी दुई टापु निकै नजिक भए पनि वारपार यात्रा सजिलो छैन । कि त निकै डरलाग्दो तथा तरंगयुक्त समुद्रको पानीमा फेरिमा चढेर पुग्नुपर्छ, अन्यथा सोही करlब ९० देखि १२० सेकेण्डसम्मको हवा@ जहाजमा यात्रा गर्नुपर्छ।

यदि हावाको बहाव अनुकुल भयो भने त केवल ५३ सेकेण्डमै यात्रा सकिन्छ ।  हावाको प्रतिकूल बहावका बेला भने यो दूरी पार गर्न ३ मिनेटसम्म लाग्ने गरकेो छ।

सन् १९६७ बाट यो रुटमा लोगान एयरले हवाई उडान सञ्चालन गर्दै आएको छ । यसको दूरी १.७ माइल मात्रै छ । जुन विश्वका प्रमुख ठूला एयरपोर्टको रनवे भन्दा पनि छोटो हो ।

यो रुटमा जम्मा ८ जना यात्रुको सिट तथा एकजना पाइलट हुने सानो आकारको ब्रिट्टेन नर्म्यान आइल्याण्डर जहाजबाट उडान भरिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?