+

नेदरल्याण्ड्स र फ्रान्सले खेले बराबरी, अष्ट्रियाले पोल्याण्डलाई हरायो

२०८१ असार  ८ गते ७:३२ २०८१ असार ८ गते ७:३२
नेदरल्याण्ड्स र फ्रान्सले खेले बराबरी, अष्ट्रियाले पोल्याण्डलाई हरायो

८ असार, काठमाडौं । युरो २०२४ अन्तर्गत शुक्रबार राति भएको समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् ।

लाइपजिगमा भएको खेलमा फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा नेदरल्याण्ड्सका जाभी सिमोन्सले गोल गरेपनि भिएआरले मान्यता नदिँदा डच टोली ३ अंक जोड्नबाट बन्चित भएको थियो ।

बराबरीपछि दुवैले एक एक अंक पाएका छन् । दुई खेलबाट फ्रान्स र नेदरल्याण्ड्स दुवैको समान ४ अंक छ । गोलअन्तरमा नेदरल्याण्ड्स अगाडि छ ।

अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका कप्तान केलिएन एमबाप्पे नेदरल्याण्ड्स रुद्ध मैदान उत्रेनन् ।

पहिलो खेलमा नेदरल्याण्ड्सले पोल्याण्ड तथा फ्रान्सले अष्ट्रियालाई पराजित गरेको थियो ।

यस्तै समूह डी कै अर्को खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३-१ ले पराजित गरेको छ ।

यस जितपछि दुई खेलबाट ३ अंक जोडेको अष्ट्रिया तेस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दुई हारपछि पोल्याण्ड भने बाहिरिएको छ ।

अब अन्तिम खेलमा फ्रान्सले पोल्याण्ड र नेदरल्याण्ड्सले अष्ट्रियासँग खेल्नेछ ।

तस्वीर  : यूईएफए 

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय