+
+

कोशीको बजेट पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ८ गते १४:०५

८ असार, विराटनगर । कोशी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ ।

शुक्रबार राति नौं बजेसम्म बजेटमाथिको छलफलपछि आज बसेको प्रदेश सभाको १३ औं बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो ।

१ असारमा सरकारले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कम ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । ४ असारबाट बजेटमाथि छलफल सुरु भएको थियो । चार दिन लगातार छलफलपछि बजेट पारित भएको हो ।

बजेट पारित गर्नुअघि नेपाली कांग्रेस सांसद गोपाल तामाङ र राप्रपा सांसद सविना बजगाईले पेश गरेको खर्च कटौतीको प्रस्ताव भने अस्वीकृत भएको थियो । बजेट पारितपछि प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगीत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?