+

जर्जियालाई युरोमा पहिलो अंक, अग्रता जोगाउन नसक्दा जितबाट बन्चित

२०८१ असार  ८ गते २२:२३ २०८१ असार ८ गते २२:२३
जर्जियालाई युरोमा पहिलो अंक, अग्रता जोगाउन नसक्दा जितबाट बन्चित

८ असार, काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले जर्मनीमा भइरहेको युरो २०२४ मा पहिलो अंक जोडेको छ ।

समूह बी अन्तर्गत शनिवार साँझ ह्याम्वर्गमा भएको समूह एफको खेलमा जर्जियाले चेक रिपब्लिकसँग १-१ को बराबरी खेल्दै अंक जोडेको हो । खेलमा जर्जियाले पहिले अग्रता लिएपिन जोगाउन नसक्दा जितबाट बन्चित रह्यो ।

जर्जेस मिकाउठाड्जेले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए ।

तर त्यो अग्रता जोगान सकेन । ५९औं मिनेटमा प्याट्रिक सिकले चे रिपब्लिकका लागि बराबरी गोल फर्काए ।

जर्जियाले खेलको अन्तिममा जित निकाल्ने अवसर गुमाएको थियो । जर्जियाका वैकल्पिक खेलाडी साबा लोब्जानिड्जेले अन्तिम सममषा गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

बराबरिले जर्जिया र चेक दुवैलाई घाटा लागेको छ । दुई खेलबाट जर्जिया र चेक रिपब्लिक दुवैको समान १ अंक छ । गोलअन्तरमा चेक अघि रहँदै तेस्रो स्थानमा छ ।

यसअघि पहिलो खेलमा जर्जियाल टर्कीएसँग ३-१ ले र चेक पोर्चुगलसँग २-१ ले पराजित भएको थियो ।

अब अन्तिम खेलमा जर्जियाले पोर्चुगलको सामना गर्नेछ भने चेकले टर्कीएसँग खेल्नेछ ।

तस्बीर : युइएफए

चेक रिपब्लिक जर्जिया फुटबल युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय