+

कोपा अमेरिकामा भेनुजएलाको पुनरागमन जित

२०८१ असार  ९ गते ७:३५ २०८१ असार ९ गते ७:३५
कोपा अमेरिकामा भेनुजएलाको पुनरागमन जित

९ असार, काठमाडौं । भेनुजएलाले कोपा अमेरिका २०२४ मा इक्वेडरमाथि पुनरागमन जित निकालेको छ ।

समूह बीअन्तर्गत आइतबार बिहान अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दश खेलाडीमा समेटिएको इक्वेडरलाई भनेजुएलाले २-१ ले पराजित गरेको हो ।

भेनेजुएलाले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको थियो । त्यसका बावजुत पनि जेरेमी सार्मिएन्टोले ४०औं मिनेटमा गोल गर्दै इक्वेडरलाई पहिले अग्रता दिलाएका थिए । तर इक्वेडरले पहिलो हाफ बाहेक त्यो अग्रता कायम राख्न सकेन ।

जोन्डर काडिजले ६४औं मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल फर्काए । त्यसको १० मिनेटपछि एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र भेनेजुएलाले जित सहित प्रतियोगिता सुरुआत गर्दै ३ अंक जोड्यो ।

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय