+
+

सुरेन्द्र र सुसनले राखे कालापत्थरमा नृत्य गरेर विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १२:१७

काठमाडौं । नृत्य कलाकारद्वय सुरेन्द्र राई र सुसन तामाङले सबैभन्दा उचाइमा नाचेर विश्व कीर्तिमान रचेका छन् । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का उनीहरुले सोलुखुम्बुको कालापत्थरको ५ हजार ६४१ मिटर उचाइमा नृत्य गर्दै गिनिज वर्ल्ड रेकर्ड राखेका हुन् ।

सुसन र सुरेन्द्रले १९ मे २०२४ अर्थात् गत जेठ ६ मा आफ्नो कला प्रस्तुत गरेका थिए । कालापत्थरको उचाइ ५६४४.५ मिटर छ ।

उनीहरुले कालापत्थरमा गायक दीपक बज्राचार्यको ‘मन मगन’ गीतमा नृत्य तथा कोरियोग्राफी गरेका थिए । उनीहरुको यो पेश गरेको निवेदनलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ले अनुमोदन गर्दै आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड प्रमाणपत्र प्रदान गरेको छ ।

विश्व कीर्तिमान काय गरेपछि सुरेन्द्र र सुसनले भने, ‘हामीले हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवर्घनका लागि यो कीर्तिमानी प्रयास गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?