+

सहाना प्रधान स्मृति यु-१९ भलिबलमा लुम्बिनीको विजयी सुरुवात

२०८१ असार  ९ गते १२:४६ २०८१ असार ९ गते १२:४६
सहाना प्रधान स्मृति यु-१९ भलिबलमा लुम्बिनीको विजयी सुरुवात

९ असार, काठमाडौं । सहाना प्रधान फाउण्डेसनको आयोजना र नेपाल भलिबल संघको व्यवस्थापनमा आजदेखि सुरु प्रथम सहाना प्रधान स्मृति यू-१९ राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ३-० को सेटमा हरायो ।

एकपक्षीय जस्तै बनेको खेलमा लुम्बिनीले मधेशलाई २५-१४, २५-१२, २५-१३ ले पराजित गरेको हो ।

आजै पुरुषतर्फ मधेश र बागमती र लुम्बिनी र कोशीबीच आइतबारै प्रतिस्पर्धा हुनेछ ।

महिला र पुरुष दुवैमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

महिलातर्फ समूह ए मा कोशी, मधेश, कर्णाली र लुम्बिनी प्रदेश छन् भने समूह बी मा बागमती, गण्डकी र सुदूरपश्चिम छन् ।

यस्तै पुरुषतर्फ समूह ए मा मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम छन् भने समूह बी मा कोशी, गण्डकी र लुम्बिनी छन् ।

ग्रासरुट स्तरदेखि नै भलिबल विकास गर्ने लक्ष्यका साथ सातै प्रदेशका महिला तथा पुरुष यू-१९ टिम सहभागि गराएर पहिलो पटक यु-१९ चलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

असार १५ सम्म चल्ने प्रतियोगिता विजेताका दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमश: ३ लाख, २ लाख, १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै दुवैतर्फ उत्कृष्ट खेलाडी समान २५ हजार र विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रथम सहाना प्रधान स्मृति यू-१९ राष्ट्रिय भलिबल प्रतियोगिता महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय