+
+

बजेटमा कर्मचारीले गडबड गरे : मुख्यमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १२:४५

१० असार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीले गडबड गरेको बताएका छन् ।

सोमबार बिहान जनकपुरधाममा समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंह बजेटमा कर्मचारीले गरेको गडबड बारे छानबिन गर्ने बताए ।

मुख्यमन्त्री सिंहले भने, ‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ । म भन्न चाहन्छु-नेतामात्र परिवर्तन भयो, बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो । यसबारे आन्तरिक छानबिन गरिरहेका छौं’

६ दलको गठबन्धनमा २५ जेठमा मुख्यमन्त्री बनेका सिंह नेतृत्वको सरकारले असार १ गते अगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको थियो ।

बजेटमा कर्मचारीले गडबड गरेको विषयमा छानबिन गरेर उजागर गर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकार ‘मिडिया फ्रेन्डली’ भएको दाबी गरे । उनले लोककल्याणकारी विज्ञापन, पत्रकारको बीमा र खोजपत्रकारिताका लागि बजेट विनियोजन गरेको बताए ।

उनले अब विगत जस्तो आर्थिक वर्षको अन्तिममा काम गर्ने प्रवृतिको अन्त्य गर्दै आर्थिक वर्ष सुरु भएलगत्तै काम थाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?