+
+

माओवादी सांसदले सोधे : अमेरिकी एयर फोर्सको जहाज नेपालमा किन आयो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १४:०६

१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अमेरिकी एयर फोर्सका पाँच वटा जहाज नेपाल आएको दाबी गर्दै यस विषयमा सरकारसँग जवाफ मागेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गत वैशाखको दोस्रो हप्ता अमेरिकी एयर फोर्सको जहाज कतारबाट नेपाल आएको बताए ।

‘गत वैशाख ६, ७, ८ र ९ गते अमेरिकी एयर फोर्सको पाँच टा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्किने गरे । यसैगरी यही असार २ गते पनि मलेसियाबाट सोही एयर फोर्सको जहाज साँझ आएर बिहान फर्कियो’, घर्तीले भने, ‘यी जहाजहरुमा के सामान आयो ? कसका लागि ल्याइयो ? सामान्य हो भने प्राइभेट जहाज आउनुपर्ने, सैन्य सामग्री हो भने किन र के प्रयोजनका लागि ल्याइयो ?’

यी विषयमा सरकारी र निजी सञ्चार माध्यमबाट पनि जानकारी नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

शक्तिशाली राष्ट्रहरु महाशक्ति बन्ने होडबाजीका कारण नेपाजजस्तो देशको सार्वभौमसत्ता संवेदनशील बनेको सांसद घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?