+
+

गृहसचिव र आईजीसहितको टोली अमेरिका प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १३:४७

१० असार, काठमाडौं । गृहसचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन अर्यालसहितको टोली अमेरिका प्रस्थान गरेको हो ।

असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने चौथो समिटमा भाग लिन अर्यालका साथै नेपाल प्रहरीका आईजी वसन्तबहादुर कुँवर, सशस्त्रका आईजी राजु अर्याल, नेपाल प्रहरीका डीआईजी दानबहादुर कार्की र सशस्त्रका एक एसएसपी गरी पाँच जनाको टोली अमेरिका प्रस्थान गरेको हो ।

गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीलगायत अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?