+
+

जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १५:०१

१० असार, काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम  र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए ।

त्यही कारण ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो । सोमबार मेयर राजन पौडेलले  वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्‍याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए ।

उपमहानगरका एक जनप्रतिनिधिले अनलाइनखबरलाई दिएको जानकारी अनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादी अन्तिम समयमा नगर सभा बैठकका लागि सहमत भएका थिए । तर एमाले र लोसपा सहमत नहुँदा झडपको स्थिति बनेको हो ।

नगर सभामा झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नगर सभा सञ्चालन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?