+
+

भक्तपुरको बजेट २ अर्ब ६६ करोड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते १९:३१

१० असार, काठमाडौं । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६६ करोडको बजेट ल्याएको छ ।

नगरपालिकाकी उपप्रमुख रजनी जोशीले सोमबार नगरसभाको बैठकमा २ अर्ब ६६ करोड ४३ लाख रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेकी हुन् ।

जसमा चालू खर्चतर्फ १ अर्ब ५७ करोड ३ लाख १० हजार रुपैयाँ, पुँजीगत खर्चतर्फ ९९ करोड ४० लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा र भौतिक विकासमा बजेट

भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा ५४ करोड, स्वास्थ्यमा १३ करोड ३० लाख, सम्पदा पुनर्निर्माण र साँस्कृतिक संरक्षणका लागि १० करोड ७९ लाख, कृषि क्षेत्रमा ५ करोड २० लाख, वातावरण तथा सरसफाइमा १९ करोड ६५ लाख विनियोजन गरेको छ ।

पर्यटन प्रवद्र्धनमा ६ करोड ९५ लाख, भौतिक पूर्वाधारतर्फ ५७ करोड २१ लाख, खेलकुदतर्फ ४ करोड ५५ लाख, युवा तथा महिला लक्षित कार्यक्रमका लागि ४ करोड ३० लाख, सामाजिक सुरक्षातर्फ ४० करोड ५० लाख र विविध योजना तथा कार्यक्रमहरुका लागि ५ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?