+
+

चन्द्रकोट गाउँपालिकाको बजेट ५० करोड ३४ लाख

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १३:१६

११ असार, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ५० करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

जसमध्ये चालु खर्चतर्फ ३१ करोड ४१ लाख ७८ हजार (६२.४१ प्रतिशत) र पुँजीगततर्फ १८ करोड ९२ लाख ३१ हजार (३७.५९ प्रतिशत) बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिकाले पर्यटन, कृषि, रोजगार, शिक्षा, स्वास्थ्य र स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिएको छ । आफ्नै उत्पादन खाऔं, चन्द्रकोटमै रमाऔं भन्ने नाराका साथ उत्पादनमा जोड दिने अनुदानका कार्यक्रम ल्याएको गाउँपालिकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?