+
+

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १५:०३

११ असार, काठमाडौं । विनियोजन विधेयक, २०८१ (बजेट) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।

बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?