+
+

क्याम्पस प्रमुखको हत्या आरोपमा ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते २०:४७

११ असार, काठमाडौं। क्याम्पस प्रमुखको हत्या आरोपमा बारा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रवक्ता दधिराम न्यौपानेले विज्ञप्ति जारी गर्दै कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली प्रहारी गरी हत्या भएको घटनामा ७ जनालाई पक्राउ गरेको  विज्ञप्तिमार्फत जानकारी दिएका छन्। क्याम्पस प्रमुख कुशवाहाको जेठ ३२ गते गोली हानी हत्या भएको थियो ।

उनका अुसार पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका-२ खजुरिया टोलका ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, आदर्शकोतवाल खजुरियाकै २९ वर्षीय चाँदसीप्रसाद कुशवाहा, आदर्शकोतवाल -२ बतरा टोलका २७ वर्षीय श्रवण कुमार साह, ५० वर्षीय आम्रपाली भन्ने ब्रहमदेव राम, करैयामाइ-७ पिपराका ५० वर्षीय मोतिलाल चौधरी, आदर्शकोतवाल-२ अजुरियाका ३४ वर्षीय राधेश कुमार पटेल र ५४ वर्षीय विनोद कुमार कुर्मी रहेका छन् ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ६ राउण्ड गोली, ३ वटा मोटरसाइकल, विभिन्न कम्पनीका मोवाइल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै फरार अभियुक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?