+
+

तम्घास बजारमा हाइ-मास्ट लाइट जडान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते ६:३८

१२ असार, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा हाइ-मास्ट लाइट जडान गरिएको छ । रेसुङ्गा नगरपालिकाले हाइ-मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो ।

नगरपालिकाले ‘उज्यालो सहर जनताको रहर’ भन्ने अभियान सुरु गरेको थियो । बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि उच्च क्षमताको हाइ-मास्ट जडान गरिएको हो ।

अग्लो र धेरै बजार क्षेत्र समेटने गरी राखिएको हाइ-मास्ट लाइट प्रविधियुक्त छन् ।

नगरलाई सुन्दर र उज्यालो बनाउनको लागि हाइ-मास्ट जडान भएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए ।

हाइ-मास्ट लाइटले बजार क्षेत्रमो चोरी डकैलीलगायतका विभिन्न अपराधिक घटनामा कमी आउनुका साथै व्यवपारिक क्षेत्रका नागरिकलाई सहज हुने विश्वास छ ।

पहिलो चरणमा तम्घास बजारमा चिदीचौर, बसपार्क र जिप पार्कका तीन वटा स्थान हाइ मास्ट लाइट जडान भएको छ ।

चिदीचौरमा १६ मिटरको लम्बाइ भएको पोलमा ३२०० वाट क्षमताको लाइट जडान भएका छन् ।

त्यस्तै बसपार्कमा १२ मिटरको पोलमा २४०० वाट र जिपपार्कमा १२ मिरको लम्बाइ भएको पोलमा २४०० वाट क्षमताका बत्ती जडान गरिएको छ ।

बजार क्षेत्रको विभिन्न नागरिहरुको चहलपल हुन्छ, ती स्थानमा हुनसक्ने कुनै पनि अपराधिक क्रियाकलापमा कमी ल्याउनका साथै सुन्दर सहर बनाउने उद्देश्यले जडान भएको नगरप्रमुख पन्थीले बताए ।

नगरपालिकाको करिब १२ लाखकको लागतमा हाइ-मास्ट लाइट जडान गरेर सञ्चालनमा ल्याइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बावुराम पल्लीले बताए ।

बजार क्षेत्रमा जडान भएको हाइ-मास्ट लाइटको विद्युत महशुल रेसुङ्गा नगरपालिकाले व्यहोर्नेछ ।

बजारका अन्य स्थानहरू मा पनि बत्ती जडान गर्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?