
१२ असार, काठमाडौं । ओम बिरला लोक सभाको सभामुख चुनिएका छन् । उनी लगातार दोस्रो पटक लोक सभा सभामुख चुनिएका हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम पेस गरेका थिए, जसमा अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरे ।
इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो ।
सरकारको नेतृत्व गरेको भारतीय जनता दल (भाजपा)सँगै एनडीए घटक दलका नेताहरूले पनि समर्थन गरेपछि ध्वनी मतबाट उनी सभामुख चुनिए ।
कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4