+
+

महोत्तरीमा कोदालो प्रहार गरी एक महिलाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १९:५७

१२ असार, जनकपुरधाम । महोत्तरीमा कोदालो प्रहार गरी एक महिलाको हत्या भएको छ ।

औरही नगरपालिका ४ कविलासाकी ५० वर्षीया रितादेवी यादवको हत्या भएको हो । बुधबार साँझ साढे ५ बजेतिर उनका देवर ४५ वर्षीय जतन यादवले कोदालो प्रहार गर्दा रितादेवीको मृत्यु भएको महोत्तरी प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले बताए ।

घरायसी विवादमा कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी रिताको जानकी एकेडेमी हस्पिटल रामगोपालपुरमा उपचारको क्रममा ६ बजेतिर मृत्यु भएको थियो ।

घटना लगत्तै जतनलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?