बागमतीलाई पराजित गर्दै लुम्बिनी फाइनलमा
![२०८१ असार १४ गते १९:०५](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![बागमतीलाई पराजित गर्दै लुम्बिनी फाइनलमा](https://www.onlinekhabar.com/wp-content/uploads/2024/06/lumbini-bagmati-.png)
१४ असार, काठमाडौं । बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गर्दै लुम्बिनी प्रदेशको पुरुष टिम प्रथम सहाना प्रधान यू १९ भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
लुम्बिनीले बागमतीलाई २५–१७, २९–३१, २५–१९ र २५–२० ले पराजित गरेको हो ।
यस जितसँगै पुरुषतर्फको फाइनलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फको फाइनलमा बागमती र लुम्बिनीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया 4