स्विट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो
![२०८१ असार १६ गते ०:१२](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![स्विट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो](https://www.onlinekhabar.com/wp-content/uploads/2024/06/Switzerland-v-Italy-Round-of-16-UEFA-EURO-2024-8.jpg)
१५ असार, काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ ।
नकआउट चरणको पहिलो खेलमै शनिबार राति स्विट्जरल्याण्डसँग २-० ले पराजित भएपछि इटलीको यात्रा अन्तिम १६ बाटै समाप्त भएको हो । स्विट्जरल्याण्ड भने क्वाटरफाइनल पुग्ने पहिलो टिम बनेको हो ।
बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक/एक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भार्गासले गोल गर्दै स्वीस टोलीको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको साविक विजेता इटलीले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न सकेन र बाहिरियो ।
स्विट्जरल्याण्डले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ ।
तस्बीर : युईएफए
प्रतिक्रिया 4