विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्न्यास घोषणा
![२०८१ असार १६ गते १८:४०](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्न्यास घोषणा](https://www.onlinekhabar.com/wp-content/uploads/2024/06/Rabindra-Jadeja.jpg)
१६ असार, काठमाडौं । भारतीय क्रिकेट टोलीका अलराउण्डर रविन्द्र जडेजाले आईसीसी टी–२० विश्वकप २०२४ जितेसँगै सन्न्यासको घोषणा गरेका छन् ।
भारतले शनिबार राति आईसीसी टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो ।
उक्त विश्वकप जितेलगत्तै कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले टी–२० आईबाट सन्न्यासको घोषणा गरेका थिए । रवीन्द्र जडेजाले पनि टी–२० आईबाट सन्न्यासको घोषणा गरेका हुन् ।
३५ वर्षीय जडेजाले ७४ टी–२० आई खेलमा ५४ विकेट लिनुको साथै ५१५ रन बनाएका छन् । उनले सन् २००९ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टी–२० आईमा डेब्यू गरेका थिए ।
म टी–२० क्रिकेटलाई बिदाई गर्दछु । मैले मेरो देशलाई सधैं आफ्नो उत्कृष्ट योगदान दिएको छु । अन्य ढाँचा (टेष्ट र ओडीआई) को क्रिकेटलाई निरन्तरता दिनेछु, जडेजाले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया 4