स्लोभाकियाविरुद्ध अतिरिक्त समयमा पुनरागमन गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
![२०८१ असार १७ गते ७:०८](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![स्लोभाकियाविरुद्ध अतिरिक्त समयमा पुनरागमन गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा](https://www.onlinekhabar.com/wp-content/uploads/2024/07/England.jpg)
१७ असार, काठमाडौं । युरो २०२४ मा इङ्ल्यान्डले स्लोभाकियालाई हराउँदै क्वाट अन्तिम ८ मा प्रवेश गरेको छ ।
आइतबार राति भएको प्रिक्वाटरफानलमा पुनरागमन जित हात पार्दै क्वाटरफाइनलमा पुगेको हो ।
खेलको २५औं मिनेटमा गोल गर्दै स्लोभाकियाका इभान स्क्रान्जले टिमलाई अग्रता दिएका थिए । निर्धारित समयमा इंग्ल्यान्डले खेल बराबरी गर्यो र अतिरिक्त समयमा गोल थप्दै २-१ को पुनरागमन जित निकालेको हो ।
निर्धारित समयमको खेल बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो र त्यसको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै इंग्ल्याण्डले जित हासिल गर्यो ।
अब इंग्ल्यान्डले क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्विट्जरल्यान्ड इटलीलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।
प्रतिक्रिया 4