
१७ असार, काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७२ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ १२ पैसा तोकेको छ ।
त्यस्तै एक साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६४ पैसा र खरिदर मूल्य ३५ रुपैयाँ ४८ पैसा तोकेको छ । एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६८ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा राष्ट्र बैंकले तोकेको खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिँदा तोकिएको बिक्रीदर मूल्य तिर्नुपर्छ ।
एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४१ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ २४ पैसा तोकिएको छ भने एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ३५ पैसा तथा खरिददर मूल्य २८ रुपैयाँ २२ पैसा कायम भएको छ । दश जापानी यनको खरिददर मूल्य ८ रुपैयाँ २९ पैसा छ भने बिक्रीदर मूल्य ८ रुपैयाँ ३२ पैसा छ ।
प्रतिक्रिया 4