
१७ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् ।
कोषको सोमबार बसेको बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सचिवालयले जानकारी गराएको छ ।
कोषको कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुन्छ । कोषको अध्यक्ष पर्यटनमन्त्री हुने प्रावधान छ ।
खुला प्रतिस्पर्धाबाट जोशी छनोट भएको मन्त्रालयले जनाएको छ ।
शिक्षा क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले सोमबार नै सपथ लिएका छन् ।
नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधि अनुसार आफू छनोट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर सिकेका, जानेका विषय र वस्तुस्थिति अनुसार अगाडि बढ्ने बताए ।
उनले पशुपति विश्वकै हिन्दुहरूको आस्थाको केन्द्र भएकाले त्यसलाई थप सशक्त बनाउने र विकासमा एउटा ईंट्टा थप्न प्रयास गर्ने बताए ।
यस पटक खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गरिएको हो । केही समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा २३ जेठका दिन कोषले आवेदन मागेका थियो ।
प्रतिक्रिया 4