
१७ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका छन् ।
प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेय संघीय संसदको महासचिव भएपछि सचिव पद रिक्त थियो । सोही पदमा सभामुख घिमिरेले अधिकारीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
सभामुखले संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभाका अधिकारीको नाम सिफारिस गरेको संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4