
१८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका हुन् ।
सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए ।
पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव भएपछि प्रतिनिधिसभाको सचिव पद रिक्त थियो ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4