
१९ असार, काठमाडौं । लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तान्जानियाका नागरिक ४६ वर्षका रामदानी सिम्बा मवाबुम्बा र ५२ वर्षका तवालिब किपेवु पसुआ छन् ।
उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूबाट १ किलो २४७ ग्रााम लागुऔषध कोकिन बरामद भएको छ ।
दुवैजना ९ असारमा कतार एयरवेजको उडानमार्फत काठमाडौं आएका थिए । उनीहरूलाई ठमेलको एक होटलबाट ७२ वटा क्यापसुलसहित पक्राउ गरिएको हो ।
उनीहरूले प्लाष्टिकमा कोडेट गरेर निलेर कोकिन ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4