
१९ असार, धनगढी । कैलालीमा खोलामा बगेर युवतीको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका–११ कि २० वर्षीया सुस्मिता चौधरीको सोही ठाउँको कटैनी खोलामा काठको पुल तर्ने क्रममा आएको बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले चौधरीको शव बगाएको स्थानभन्दा केही तल फेला परेको बताए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण बनबेहडाका सशस्त्र प्रहरी निरीक्षक सुशील भट्टको कमाण्डको टोलीले खोजतलासका क्रममा उनको शव फेला पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4