+
+

च्याउ महँगियो, यस्तो छ कालीमाटीमा तरकारी भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते ८:५३

२० असार, काठमाडौं । केही दिनयता च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा कन्य च्याउको भाउ ५० र डल्ले च्याउको भाउ १० प्रतिशत बढेको छ ।

बिहीबार कालीमाटी बजारमा कन्य च्याउको भाउ अधिकतम प्रतिकिलो १५०, डल्ले च्याउको ३२० रुपैयाँ छ ।  तने बोडीको भाउ अधिकतम प्रतिकिलो ५०, लौका ५०, परवर ४०, भिण्डी ७०, घिरौंला ६०, तिते करेला ५०, घिउ सिमी ७०, लाम्चो भन्टा ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ ।

त्यस्तै स्थानीय काउलीको ९०, नेपाली ठूलो गोलभेडाको ८०, सानो गोलभेडा ३०, रातो आलु ६२, भारतीय रातो आलु ५६ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

स्रोत-  कालीमाटी तरकारी बजार विकास समिति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?