+
+

अशोक राईले बोलाए कार्यकारिणी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते ११:०८
जसपा अध्यक्ष अशोक राई । फाइल फोटो

२० असार, काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले बदलिँदो राजनीतिक परिस्थितिबारे निर्णय गर्न कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

भोलि बस्ने बैठकले प्रधानमन्त्री प्रचण्डलाई साथ दिने कि कांग्रेस–एमाले गठबन्धनमा सामेल हुने भन्ने निर्णय गर्ने छ ।

पार्टी अध्यक्ष अशोक राईले अनलाइनखबरसँग भने, ‘भोलि कार्यकारिणी समितिको बैठक बस्छौं र छलफल गरेर संस्थागत निर्णय सार्वजनिक गर्छौं ।’

वर्तमान सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?