+
+

बाँकेमा चोर समाउन प्रहरीले चलायो गोली

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १२:५०

२० असार, काठमाडौं । बाँकेमा चोरी मुद्दामा ६ वर्ष सजायँ पाएका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

प्रहरीले बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका-६ शिखनपरुवामा गोली चलाएर अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गरेको हो ।

सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो ।

स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय बाँकेका एक अधिकारीले जानकारी दिए ।

सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोली बिहान साढे ८ बजे पुगेको थियो ।

तर, स्थानीयले प्रहरीले पक्राउ गरिसकेपछि पनि सरदारलाई खोसेर फिर्ता ल्याएका थिए । त्यसपछि आधा घण्टा लगाएर ९ बजे उनलाई नियन्त्रणमा लिएको ती प्रहरी अधिकारीको भनाइ छ ।

झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् ।

प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह शिख घाइते भएका छन् भने पक्राउ परेका सरदारलाई पनि गोली लागेको छ ।

घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?