२० असार, विराटनगर । कोशी प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा मोरङले सुनसरीलाई ५६–२८ प्वाइन्टले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताको विजेता मोरङले उपाधिसँगै १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता सुनसरीले ५० हजार रुपैयाँका साथै शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा कोशीका १२ वटा जिल्लाले सहभागिता जनाएका थिए । भोजपुर र खोटाङ भने सहभागी भएनन् ।
प्रतिक्रिया 4