+
+

क्लासिक टेकको रिचार्जमा बर्साद अफर : ५ महिना बोनसदेखि ५० प्रतिशतसम्म छुट 

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १५:४६

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्साद अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार अब ग्राहकले इन्टरनेट टिभीको वार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाइफाइ ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र ५ रुपैयाँमा पाउने छन् ।

यो अफर २० असारसम्म मात्र लागु हुनेछ । ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्चमा गएर अफरको सुविधा लिन सक्नेछन् ।

साथै वालेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन् । कम्पनीका अनुसार हरेक महिना आइप्याड र एपल वाच समेत जित्न सक्नेछन् ।

कम्पनीका अनुसार नयाँ ग्राहकका लागि २०० एमबीपीएस हाइ स्पिड इन्टरनेट जडान ६१९ रुपैयाँमा आईपी टिभी र वाइफाइ ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?