+
+

सुदूरपश्चिम सरकारबाट एमाले बाहिरिंदै, समर्थन पनि फिर्ता लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १६:३३
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल ।

२० असार, धनगढी । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने भएको छ । सँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार प्रदेश संसदीय दलले नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।

प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आजै मन्त्रीहरूले राजीनामा दिने बताए । एमालेका तर्फबाट सुदूरपश्चिम सरकारमा तीन जना मन्त्री छन् ।

मुख्यमन्त्री सोडारी धनगढी बाहिर भए पनि समर्थन फिर्ता लिएको र मन्त्रीले राजीनामा दिएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिने उनले बताए ।

केन्द्रमा कांग्रेस र एमालेको नयाँ समीकरणमा सरकार बन्ने भएपछि सुदूरपश्चिममा पनि दुवै पार्टीले सरकार गठनबारे समेत छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?